रोनाल्डोले तोके फुटबलबाट ‘सन्यास लिने’ समय

एजेन्सी, माघ २५
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई दिनअघि ३५औं जन्मदिन बनाए । प्रायः फुटबलरका लागि यो उमेर भनेको सन्यास लिइसक्ने उमेर हो । केही बाहेक धेरैजसोले यो उमेरमा फुटबल बिसाइसकेका हुन्छन् ।

तर, अन्तर्राष्ट्रिय मञ्चमा कीर्तिमानी ९९ गोल गरेका रोनाल्डोले भने आफू ४० वर्षको उमेरसम्म सजिलै खेल्न सक्ने बताएका छन् । आफ्नो ३५औं जन्मदिन मनाएपछि मिडियासँग कुरा गर्दै आफूले तत्कालै सन्यास लिनेबारे नसोचेको बताए । सोक्रममा रोनाल्डोले भनेका छन्–

‘धेरै कुरा त अबका दिनमा म कस्तो अनुभूत गर्छु र यसले मेरो सक्रियतामा कस्तो फरक पार्छ भन्ने कुरामा निर्भर हुन्छ ।’

‘शारीरिक रूपमा मलाई अझै केही वर्ष खेल्न कुनै पनि समस्या पर्दैन ।’

‘अहिले पनि म आफूलाई निकै राम्रो अवस्थामा पाउँछु । मेरो विचारमा म ४० वर्षको उमेरसम्म ठीकठाक र सुरक्षितसाथ खेल्न सक्छु ।’

‘एक खेलाडीका लागि सबैभन्दा मुख्य कुरा शारीरिक अवस्था हो । बढ्दो उमेरसँगै यो कुराले ठूलो फरक पार्छ । यो कसैको हातमा छैन । अवश्य पनि, यो मेरो हकमा पनि लागू हुन्छ ।’

‘अहिले म ३५ वर्ष भएँ । तर, यो सबैलाई थाहा छ कि– शारीरिक रूपमा म अहिले पनि २५ वर्षको खेलाडी हुँ ।’

प्रकाशित मिति २५ माघ २०७६, शनिबार २१:२३
Loading...