एथ्लेटिकोको सिमोनी सबैभन्दा कमाउने प्रशिक्षक : को कति नम्बरमा ?

एजेन्सी, माघ २५
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनी युरोपियन टप–५ लिगमा सर्वाधिक कमाइ गर्ने प्रशिक्षक बनेका छन् । फ्रान्सको प्रतिष्ठित पत्रिका ‘एल इक्विपे’ ले सार्वजनिक गरेको रिपोर्टअनुसार सिमोनीले हरेक महिना ३.६ मिलियन युरो कमाइ गर्छन्, जुन अन्य कुनै पनि क्लबको भन्दा बढी हो ।

उनीपछि सर्वाधिक सफल प्रशिक्षक कहलिएका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्ष पेप ग्वार्डिओला छन् । यता, गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताएका जर्मन प्रशिक्षक जोर्गेन क्लोप भने चौथो स्थानमा मात्रै छन् ।

सर्वाधिक कमाउने टप–६ प्रशिक्षको सूची (कमाइ मासिक)

डिएगो सिमोनी (एथ्लेटिको मड्रिड) – ३.६ मिलियन युरो
पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी) – १.९४ मिलियन युरो
जोसे मोउरिन्हो (टोटनह्याम) – १.४६ मिलियन युरो
जोर्गेन क्लोप (लिभरपुल) – १.४६ मिलियन युरो
जिनेदिन जिदाने (रियल मड्रिड) – १.४ मिलियन युरो
एन्टोनियो कोन्टे (इन्टर मिलान) – १.३८ मिलियन युरो

खेलाडीतर्फ सर्वाधिक कमाउने टप–१० खेलाडी (कमाइ मासिक युरोमा) : 

  1. लिओनल मेस्सी (बार्सिलोना) – ८.३ मिलियन
  2. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ४.५ मिलियन
  3. नेइमार (पिएसजी) – ३ मिलियन
  4. एन्टोनी ग्रीजम्यान (बार्सिलोना) – २.८ मिलियन
  5. लुइस स्वारेज (बार्सिलोना) – २.७ मिलियन
  6. ग्यारेथ बेल (रियल मड्रिड) – २.५ मिलियन
  7. इडेन हाजार्ड (रियल मड्रिड) – २.५ मिलियन
  8. केलियन एमबाप्पे (पिएसजी) – १.९ मिलियन
  9. डेभिड डि गेया (म्यानचेस्टर युनाइटेड) – १.७६ मिलियन
  10. मेसुट ओजिल (आर्सनल) – १.६४ मिलियन)

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १९:५४
Loading...