मेस्सीको कमाइ रोनाल्डोको भन्दा दोब्बर : यी हुन् सर्वाधिक कमाउने १० खेलाडी

एजेन्सी, माघ २५
विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीच फुटबलको दुनियाँमा हरेक कुरामा चर्को प्रतिस्पर्धा छ । यसबाहेक उनीहरूबीच व्यक्तिगत आम्दानीमा पनि उत्तिकै प्रतिस्पर्धा छ । तलबबापत हुने आम्दानीदेखि व्यापारिक प्रायोजन तथा सामाजिक सन्जालबाट हुने आम्दानीमा पनि यी दुई खेलाडीबीच तुलना हुने गर्छ ।

हालै फ्रान्सको प्रतिष्ठित पत्रिका ‘एल इक्विपे’ ले सार्वजनिक गरेको एक रिपोर्टअनुसार स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी विश्व फुटबलमा सबैभन्दा बढी तलब थाप्ने खेलाडी बनेका छन् । यो फुटबलबाट हुने आम्दानीको मात्रै तथ्यांक हो । रिपोर्टअनुसार बढी कमाइ गर्नेमा ३२ वर्षका मेस्सी पहिलो स्थानमा छन् भने इटालियन युभेन्टसका ३५ वर्षीय रोनाल्डो दोस्रोमा छन् ।

त्यसपछि फ्रेन्च क्बल पिएसजी तथा ब्राजिलका स्टार नेइमार तेस्रो स्थानमा छन् । उनी मेस्सी र रोनाल्डोभन्दा बढी तलब थाप्ने तेस्रा खेलाडी हुन् । मेस्सीले हरेक महिना ८.३ मिलियन युरो कमाइ गर्छन्, जुन रोनाल्डोले कमाइ गर्ने भन्दा झन्डै दोब्बरले बढी हो ।

यस्तो छ टप–१० सूची (मासिक आम्दानी युरोमा)

  1. लिओनल मेस्सी (बार्सिलोना) – ८.३ मिलियन
  2. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ४.५ मिलियन
  3. नेइमार (पिएसजी) – ३ मिलियन
  4. एन्टोनी ग्रीजम्यान (बार्सिलोना) – २.८ मिलियन
  5. लुइस स्वारेज (बार्सिलोना) – २.७ मिलियन
  6. ग्यारेथ बेल (रियल मड्रिड) – २.५ मिलियन
  7. इडेन हाजार्ड (रियल मड्रिड) – २.५ मिलियन
  8. केलियन एमबाप्पे (पिएसजी) – १.९ मिलियन
  9. डेभिड डि गेया (म्यानचेस्टर युनाइटेड) – १.७६ मिलियन
  10. मेसुट ओजिल (आर्सनल) – १.६४ मिलियन)

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १६:४३
Loading...