अगुएरो ‘प्लेयर अफ् द मन्थ’ घोषित : बनाए कीर्तिमान

काठमाडौं, माघ २४
इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो प्रिमियर लिगमा जनवरी महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषित भएका छन् उनी भोटबाट सो महिनाका लागि उत्कृष्ट खेलाडी घोषित भएका हुन् । जनवरी महिनामा उनले उच्च प्रदर्शनका साथ ६ गोल गर्दै १ गोलका असिस्ट गरेका थिए । उनले मात्रै ३ खेलबाट ६ गोल गरेका थिए ।

जनवरी महिनामा गरेको ६ गोलपछि अर्जेन्टिनी फरवार्ड प्रिमियर लिगको इतिहासमा इंग्ल्यान्डभन्दा बाहिरबाट खेल्ने खेलाडीमध्ये सर्वाधिक गोलकर्ता बनेका थिए । जनवरीमा उनले एस्टोन भिल्लाविरुद्ध सिटीले ६–१ को जित निकाल्दा ह्याट्रिक गरेका थिए ।

यसपटक अगुइरोले जितेको महिनाको उत्कृष्ट खेलाडीको अवार्ड सातौंपटक हो । यससँगै उनी प्रिमियर लिगको इतिहासमा महिनाको उत्कृष्ट खेलाडीको अवार्ड सर्वाधिक जित्ने खेलाडी बनेका छन । यसअघि यो अवार्ड सर्वाधिक ह्यारी केन र स्टेभेन जेरार्डले समान ६–५ पटक जितेका थिए ।

यता, जनवरी महिनाका लागि प्रशिक्षकतर्फ भने लिरभपुलका जोर्गेन क्लोप घोषित भए । लिभरपुललाई लिगमा २५ खेलसम्म अपराजित राख्न सफल उनलाई भोटिङबाट महिनाको सर्वोत्कृष्ट प्रशिक्षक घोषित गरियो । उनीयसै सिजन मात्रै पाँचपटक महिनाको उत्कृष्ट प्रशिक्षक बनेका हुन् ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार २०:३२
Loading...