कोपा डेल रे : ‘ठूला टोली’ बिनाको सेमिफाइनल ड्र सार्वजनिक

काठमाडौं, माघ २४
स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । गत राति क्वार्टरफाइनलका खेल सकिएपछि शुक्रबार स्पेनिस फुटबल संघले सेमिफाइनलको ड्र सार्वजनिक गरेको हो ।

जसअनुसार सेमिमा रियल सोसिडाडले तल्लो श्रेणीको टिम मिरान्डेज प्रतिस्पर्धी पाएको छ । अर्को खेलमा ला लिगा टोली एथ्लेटिक बिल्बाओले ग्रानाडासँग भिडन्त गर्नेछ ।

संघले ड्र सार्वजनिक गरे पनि खेलको समय पनि तय गरिसकेको छ । यसअघि सबै चरणमा एक मात्रै खेल भए पनि सेमिफाइनलमा भने होम एन्ड अवे गरी दुई खेल खेलाइनेछ । जसमा समग्रमा जित निकाल्ने टोली फाइनल पुग्नेछ ।

यसपटक सेमिफाइनलमा हेभिवेट टोली कुनै पनि छैनन् । बार्सिलोना र रियल मड्रिड गत राति एकैपटक क्वार्टरफाइनलबाटै आउट भए पनि एथ्लेटिको मड्रिड अन्तिम ३२ बाटै आउट भएको थियो । अन्तिम आठमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित भयो भने रियल मड्रिड रियल सोसिडाडसँग ३–४ ले पराजित भएको थियो ।

सेमिफाइनल पुगेका रियल सोसिडाड, एथ्लेटिक बिल्बाओ र ग्रानाडा ला लिगा खेल्ने टोली हुन् भने मिरान्डेज तल्लो श्रेष्णीको टिम हो ।

पहिलो लेगका खेल :

रियल रियल सोसिडाड भर्सेस मिरान्डेज – बुधबार, फेब्रुअरी १२
एथ्लेटिक बिल्बाओ भर्सेस ग्रानाडा – बुधबार, फेब्रुअरी १२

दोस्रो लेगका खेल

मिरान्डेज भर्सेस रियल सोसिडाड – मार्च ३
ग्रानाडा भर्सेस एथ्लेटिक बिल्बाओ – मार्च ३

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १९:४५
Loading...