बिल्बाओ भर्सेस बार्सिलोना : घम्साघम्सीपूर्ण खेलको पहिलो हाफमा बराबरी

काठमाडौं, माघ २४
स्पेनिस कोपा डेल रे फुटबलमा अहिले क्वार्टरफाइनलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओको खेल जारी छ । बिल्बाओको घरेलु मैदान सान मेमेजमा जारी खेलको पहिलो हाफ ०–० को अवस्थामा सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले थोरै मात्रै गोलका अवसर बनाए ।

आफ्नो घरमा उत्कृष्ट प्रदर्शन गरिरहेको बिल्बाओले पाहुना टोली बार्सिलोनालाई खुलेर खेल्न दिइरहेको छैन । बार्सिलोनाका सबैजसो आक्रमण उसले निस्तेज पारिरहेको छ । उसले बार्सिलोनाको बक्समा केही अवसर बनाए पनि खाता खोल्न भने सकेन । पहिलो हाफमा बार्सिलोनाले बल आफ्नो पक्षमा बढी राखे पनि बार्सिलोना दबाबमा देखियो ।

घम्साघम्सीपूर्ण खेलको पहिलो हाफमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी, डिफेन्डर जोर्डी अल्बा र प्रशिक्षक क्विके सेटिनले समेत पहेंलो कार्डको दर्शन गर्नु परेको थियो ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०२:३१