कोपा डेल रे क्वार्टरफाइनल : रियल मड्रिड पहिलो हाफमा ०–१ ले पछि

काठमाडौं, माघ २३
स्पेनिस कोपा डेल रे फुटबलमा अहिले अन्तिम आठमा रियल मड्रिड र रियल सोसिडाडको खेल जारी छ । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जारी खेलको पहिलो हाफमा घरेलु टोली मड्रिड ०–१ ले पछि परेको छ ।

पाहुना टोली सोसिडाडका लागि खेलको २२औं मिनेटमा मार्टिन ओडेगार्डले निकै सुन्दर गोल गरेका थिए । उनी रियलकै पूर्वखेलाडी हुन् । गोलकिपरबाट रिबाउन्ड बलमा उनले हानेको कडा प्रहार रियलका गोलकिपरको टाङमुनिबाट छिरेको थियो । गोल खाएपछि रियलले पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकने ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ००:३०
Loading...