कोपा डेल रे क्वार्टरफाइनल : रियल मड्रिडको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, माघ २३
स्पेनिस कोपा डेल रे फुटबलमा राति ११ः४५ बजेबाट रियल मड्रिड र रियल सोसिडाडको भिडन्त हुँदैछ । सेमिफाइनल जान क्वार्टरफाइनलमा निर्णायक भिडन्त गर्न रियलले ला लिगा टोली सोसिडाडलाई आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा स्वागत गर्दैछ ।

सो खेलमा लागि रियलले आफ्नो सुरुआती टोली घोषणा गरेको छ । जसमा गोेलकिपरमा दोस्रो रोजाइका एरिओला छन् भने कप्तान सर्जियो रामोससहितको रक्षापंक्ति छ । त्यस्तै, आक्रमण लाइनमा करिम बेन्जेमा, ब्राहिम डियाज र भिनिसियस जुनियर छन् । डिफेन्डर राफाएल भाराने, लुका मोड्रिक, इस्कोलगायतलाई बेन्चमा राखिएको छ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार २२:४०
Loading...