कोपा डेल रे क्वार्टरफाइनल : आज रियल मड्रिड र रियल सोसिडाड भिड्दै

काठमाडौं, माघ २३
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आज क्वार्टरफाइनलअन्तर्गत दुई रोमाञ्चक खेलहरू हुँदैछन् । जसमा एक खेलमा रियल मड्रिड र रियल सोसिडाडको भिडन्त हुँदैछ । सेमिफाइनल पुग्न निर्णायक भिडन्त गर्न रियल मड्रिड सोसिडाडलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुँदैछ ।

रियल हाल ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने सोसिडाड आठौं स्थानमा रहेको छ । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको रियल आज आफ्नो घरमा हुने यो खेल जितेर प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने योजनामा छ ।

आजको खेलमा रियलको टोलीमा सबै पहिलो रोजाइका खेलाडी उपलब्ध छन् । तर, प्रशिक्षक जिनेजिन जिदानले घरेलु मैदानमा मिश्रित टोली खेलाउने सम्भावना छ । यसै खेलबाट साढे दुई महिनादेखि चोटसँग जुध्दै आएका इडेन हाजार्ड पनि चोटमुक्त हुँदै मैदान फर्किने तयारी छ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार १४:३४
Loading...