तल्लो डिभिजनको मिरान्डेज कोपाको सेमिफाइनलमा : भिल्लारियल आउट

काठमाडौं, माघ २३
स्पेनिस ला लिगा टोली भिल्लारियललाई स्तब्ध बनाउँदै तल्लो श्रेणीको टिम मिरान्डेज कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति अन्तिम आठमा भएको खेलमा मिरान्डेजले आफ्नो घरमा भिल्लारियललई ४–२ ले निराश बनाउँदै प्रतियोगिताबाटै आउट गरायो ।

आफ्नो घरमा महत्त्वपूर्ण जित दिलाउन मिरान्डेजका लागि ४ जना खेलाडीले गोल गरे । मिरान्डेजलाई खेलको १७औं मिनेटमा माथ्युस अलासले गोल गरे अग्रता दिलाएका थिए । तर, खेलको ३२औं मिनेटमा जाभिएर ओन्टीभेरोले गोल गरेर भिल्लारियललाई खेलमा फर्काए ।

त्यसपपछि पहिलो हापको इन्जुरी समयमा मिरान्डेजका लागि मार्टिन माक्र्विलान्जले पहिलो गोल गरे । फेरि खेलको ५६औं मिनेटमा भिल्लारियल खेलमा फर्कियो । पेनाल्टीमार्फत् सान्टी कार्लोजले गोल गर्दै खेल २–२ बनाए ।

तर, त्यसपछि घरेलु टोली मिरान्डेज हाबी भो । बराबरी गोल खाएको दोस्रो मिनेटमै ओडे ओनाइन्डियाले गोल गरेर मिरान्डेजलाई अग्रता दिलाए भने ९० मिनेटपछिको समयमा एन्टोनियो सान्चेजले गोल गर्दै मिरान्डेजलाई ४–२ को जित दिलाए ।

यो जितसँगै मिरान्डेज कोपाको सेमिफाइनल पुगेको छ । ला लिगा टोली भिल्लारियल भने प्रतियोगिताबाटै आउट भएको छ । मिरान्डेज अन्तिम आठमा पुग्ने तल्लो श्रेणीको एक मात्रै टिम हो । र, सेमिफाइनलसेत प्रवेश गरेको छ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ०९:००
Loading...