लेवान्डोस्कीको २ गोलमा बार्यन म्युनिख जर्मन कपको चौथो चरणमा

काठमाडौं, माघ २३
बुन्डेसलिगा लिग लिडर टोली बार्यन म्युनिख जर्मन कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गत राति भएको तेस्रो चरणको खेलमा बार्यनले लिग प्रतिस्पर्धी टोली होफेनहेइमलाई ४–३ ले हरायो ।

आफ्नो घरमा बार्यनलाई जिताउन ३ जना खेलाडीले गोल गरे । सो खेलमा दुवै टोलीबाट गरी दुई आत्मघाती गोल भए । होफेनहेइमले खेलको आठौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । बार्यनका जेरोमे बोटेङले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि १२औं मिनेटमा फेरि लगत्तै बार्यनले उपहार गोल पायो । बेन्जामिन हुब्नरले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ मा आयो ।

त्यसपछि खेलको २०औं मिनेटमा थोमस मुलरले गोल गरे भने ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेर । त्यसपछि बार्यनले ८०औं मिनेटमा गोल हान्यो । सो गोल पनि लेवान्डोस्कीले नै गरेका थिए ।

तर, त्यसपछि होफेनहेइमले लगातार २ गोल गरेर खेलमा फर्किने संकेत देखाएको थियो । खेलको ८२औं मिनेटमा मोनेज डाबरले गोल गरे भने ९० मिनेटपछि थएिको दोस्रो मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरे पनि खेल बार्यनले ४–३ ले जित्यो ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ०८:१२
Loading...