रियल मड्रिडद्वारा च्याम्पियन्स लिग अन्तिम १६ खेल्ने टोली घोषणा : को–को परे ?

एजेन्सी, माघ २२
स्पेनिस क्लब रियल मड्रिडले जारी सिजनअन्तर्गत युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ का खेल खेल्न टोली घोषणा गरेको छ । प्रशिक्षक जिनेदिन जिदानले लामो समयपछि चोटमुक्त भएका विंगर मार्को एसेन्सियोलाई समेत समेटेर टोली घोषणा गरेका छन् ।

त्यसैगरी, टोलीमा केही समयदेखि चोटसँग जुध्दै आएका स्टार खेलाडी इडेन हाजार्ड पनि समेटिएका छन् । एसेन्सियो र हाजार्डको कमब्याकले रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा थप मजबुत हुने पक्का छ । उनीहरूबाहेक अन्य सबैजसो प्रमुख खेलाडी टोलीमा छन् ।

अन्तिम १६ का खेल फेब्रुअरी १८ तारिदेखि सुरु हुँदैछन् । रियलले आफ्नो पहिलो खेल फेब्रअुरी २६ तारिखमा आफ्नो घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

यस्तो छ रियलको घोषित टोली :

 

प्रकाशित मिति २२ माघ २०७६, बुधबार १६:५३
Loading...