युभेन्टसलाई ठूलो राहत : कप्तान चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किए

एजेन्सी, माघ २२
इटालियन क्लब युभेन्टसका कप्तान जर्जियो चिलिनी चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । क्लब युभेन्टसले अफिसियल रूपमा आफ्ना कप्तान ठीक भएर टोलीसँगै प्रशिक्षणमा फर्किएको जनाएको छ । चिलिन जारी सिजनअन्तर्गत पहिलो खेल खेल्नेक्रममा गत अगस्ट महिनामै घाइते भएका थिए । उनी ६ महिनापछि टोलीमा फर्किएका हुन् ।

यससँगै उनले यसै साता सिरी ‘ए’मा भेरोनाविरुद्ध हुने खेलबाट कमब्याक गर्ने सम्भावना छ । चिलिनीले अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै आफू च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा १०० प्रतिशत भए आउन मेहनत गरिरहेको बताएका थिए ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार १२:४५
Loading...