एथ्लेटिकोलाई झट्का : मोराटाले च्याम्पियन्स लिग गुमाउने पक्का

एजेन्सी, माघ २१
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड अल्भारो मोराटाले युरोपियन च्याम्पियन्स लिगअन्तगर्त अन्तिम १६ का खेल गुमाउने भएका छन् । उनले दुई सातापछि अन्तिम १६ मा इंग्लिस क्लब लिभरपुलसँग हुने सो खेल चोटका कारण गुमाउने भएका हुन् ।

मोराटाको दायाँ खुट्टाको मांशपेशीमा चोट लागेको छ । सो कुरा क्लबले पुष्टि गरेको छ । एथ्लेटिकाले फेब्रुअरी १८ मा आफ्नो घरेलु मैदान लिभरपुलसँग पहिलो लेगको खेल खेल्दैछ । सो खेलमा मोराटा टोलीमा हुनेछैनन् ।

मोराटा गत सोमबार राति सिजनको दोस्रो मड्रिड डर्बी खेल्नेक्रममा घाइते भएका थिए । एथ्लेटिको १–० ले पराजित सो खेलमा मोराटा घाइते भएर ५०औं मिनेटमा मैदान छाडेका थिए ।

क्लब एथ्लेटिकोले मोराटा कहिलेसम्म ठीक हुन्छन् भन्ने खुलाएको छैन । तर, उनी च्याम्पियन्स लिगको दोस्रो लेगको खेल खेल्न फिट हुने सम्भावना छ । दोस्रो लेग मार्च ३ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १५:१४
Loading...