मेस्सीले जिते ‘स्पोर्ट कल्चरा बार्सिलोना अवार्ड’

एजेन्सी, माघ २१
वर्ष २०१९ मा कीर्तिमानी छैटौं बालोन डि‘ओर जितेका लिओनल मेस्सीले ‘स्पोर्ट कल्चरा बार्सिलोना अवार्ड’ जितेका छन् । २०१९ मा पाएको व्यक्तिगत सफलताका आधारमा सो अवार्ड मेस्सीलाई दिइने निर्णय गरिएको हो । यो अवार्ड बािर्सलोना क्लबअन्तर्गत ‘स्पोर्ट कल्चरा बार्सिलोना एसेम्ब्ली’ मातहत रहेको छ ।

यो अवार्ड हरेक वर्ष महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्ने दुईजना खेलाडीलाई दिइन्छ । यसपटक मेस्सीसँगै मोटरस्पोर्ट खेलाडी (ड्राइभर) कार्लोस साइन्जलाई सो अवार्ड दिइने भएको हो । यो अवार्ड क्याटलान क्षेत्रमा सांस्कृतिक र खेलकुद क्षेत्रमा ठूला सफलता पाउने व्यक्तिलाई दिइन्छ । यो अवार्ड बार्सिलोनाले वार्षिक रूपमा दिने गर्छ । यो अवार्डमा जुरी टिम र पत्रकारले निर्णय गर्ने गर्छन् ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:२०
Loading...