युभेन्टसद्वारा च्याम्पियन्स लिग नकआउट चरण खेल्ने टोली घोषणा : को–को परे ?

काठमाडौं, माघ २१
इटालियन क्लब युभेन्टसले जारी सिजनअन्तर्गत युरोपियन च्याम्पियन्स लिगमा नकआउट चरण अन्तिम १६ का खेल खेल्ने टोली घोषणा गरेको छ । अघिल्लो दिन क्लबले अफिसियल रूपमा २२ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित नयाँ टोलीमा यसअघि घाइते रहेका कप्तान जर्जियो चिलिनीले कमब्याक गरेका छन् । तर, घाइते डिफेन्डर मेरिह डेमारियल टोलीबाहिर रहेका छन् । टोलीमा क्रिस्टियानो रोनाल्डोसहितका सबैजसो प्रमुख खेलाडी रहेका छन् ।

युभेन्टसले अन्तिम १६ को पहिलो लेगको खेल आगामी फेब्रुअरी २६ तारिखमा फ्रेन्च क्लब लियोनसँग खेल्दैछ । सो खेल लियोनको घरमा हुनेछ । त्यसपछि दोस्रो लेगको खेल मार्च १७ तारिखमा युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

युभेन्टसको घोषित टोली :

  1. सिजिस्नी
  2. डे सिग्लिओ
  3. जर्जियो चिलिनी (कप्तान)
  4. माथिस डि लिग्ट
  5. मिरेलाम पियानिच
  6. सामी खेडेरिया
  7. क्रिस्टियानो रोनाल्डो
  8. आरोन राम्से
  9. पाउलो डिबाला
  10. डग्लस कोस्टा
  11. एलेक्स सान्ड्रो
  12. ड्यानिलो
  13. ब्लेसी माटुइडी
  14. जुआन काउडराडो
  15. लियोनार्दो बोनुची
  16. गोन्जालो हिगुइन
  17. ड्यानिएल रुगानी
  18. आड्रेयन राबिओट
  19. रोड्रिगो बेन्टाकुर
  20. पिन्सोग्लियो
  21. फेडरिको बर्नानडेची
  22. जियानलुइजी बुफोन

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १०:३३
Loading...