छाडेन चोटले : नेइमार फेरि घाइते

काठमाडौं, माघ २१
पछिल्लो समय चोटबाट फर्किएपछि उत्कृष्ट लयमा खेलिरहेका फ्रेन्च क्लब पिएसजीका स्टार नेइमार फेरि घाइते भएका छन् । दुई दिनअघि मोन्टपेलिएरविरुद्ध खेल्नेक्रममा ब्राजिलियन स्टार घाइते भएका हुन् । सो खेल दौरान उनी खराब ट्याकलमा परेका थिए ।

पिएसजीले मंगलबार राति लिग वानमा अवे मैदानमा नान्टेससँग खेल्दैछ । सो खेल खेल्ने टोलीमा नेइमारलाई राखिएको छैन । तर, पिएसजीका प्रशिक्षक थोमस टुचेलले भने नेइमारले आफ्नो २८औं जन्मदिन मनाउनलाई नान्टेसविरुद्ध नखेल्ने निर्णय लिएको मिडियासँग बताएका छन् । नेइमारको भोलि फेब्रुअरी ५ मा आफ्नो जन्मदिन परेको छ ।

नेइमार पछिल्ला तीन वर्ष लगातार घाइते हुँदा समय उनको जन्मदिनकै समयमा परेको छ । यसपटक पनि उनले आफ्नो जन्मदिन घाइते अवस्थामै मनाउने भएका छन् । जारी सिजन नेइमारले क्लबका लागि १५ गोल गरेर ६ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०९:०२
Loading...