दोस्रो ‘इएल क्लासिको’ को मिति र समय तय

काठमाडौं, माघ २०
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल मड्रिडबीच हुने सिजनको दोस्रो इएल क्लासिको खेलको मिति तय भएको छ । ला लिगाले आज दोस्रो क्लासिको स्पेनको स्थानीय समयअनुसार मार्च १ तारिखमा हुने गरी तालिका सार्वजनिक गरेको हो । लिगको २६औं साताको खेलमा दोस्रो क्लासिको हुने भएको हो ।

नेपाली समयअनुसार सो खेल मार्च २ तारिखमा बिहानको समय १ः४५ बजेबाट सुरु हुनेछ । यसपटक क्लासिको रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुँदैछ । यसअघि बार्सिलोनाको घरमा भएको पहिलो क्लासिको ०–० मा सकिएको थियो ।

हा लिगमा रियल २२ खेलपछि ४९ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ भने बार्सिलोना ४६ अंकसहित दोस्रोमा छ । गेटाफे ३९ अंकसहित तेस्रोमा रहँदा सेभिल्ला ३९ अंकसहित चौथोमा छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार २२:३२
Loading...