रियल मड्रिडको ‘डिफेन्स’ इतिहासकै सबैभन्दा ‘मजबुत’ अवस्थामा

एजेन्सी, माघ २०
फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको दोस्रो प्रशिक्षण कार्यकालमा स्पेनिस क्लब रियल मड्रिड यो सिजन राम्रो लयमा छ । उसले केही समयअघि मात्रै सुपर कपको उपाधि जित्यो भने अन्य तीनवटै प्रतियोगितामा ऊ उपाधि दौडमा छ । रियल हाल च्याम्पियन्स लिगको अन्तिम १६ मा छ भने कोपा डेल रे कपको अन्तिम आठमा छ । यता, ऊ घरेलु लिग ला लिगमा साबिक विजेता बार्सिलोनासँग स्पष्ट ३ अंकको अग्रता बनाएर शीर्ष स्थानमा छ ।

रियल यो सिजन ला लिगामा निकै राम्रो अवस्थामा छ । गोलकिपर थिबाउट कोर्टुवाको उच्च प्रदर्शनमा रियलले उपाधि होडमा स्पष्ट दिशा समाएको छ । २२ खेलपछि ४९ अंक बनाएर रियल पहलिो स्थानमा छ । बार्सिलोना रियलभन्दा ३ अंकले पछि छ । यो सिजन रियलको तथ्यांक–

खेलेको कूल खेल – २२
जित संख्या – १७
बराबरी – ४
हार – १

ला लिगामा इतिहासकै सबैभन्दा बलियो ‘डिफेन्स’

ला लिगाले हालै रियलको यो सिजनको तथ्यांक निकालेको छ । जसअनुसार रियल ला लिगाको इतिहासमा हालसम्मकै सबैभन्दा मजबुत अवस्थामा देखिएको छ । अंक तालिकामा उसको अंक थोरै भए पनि र गोल कम गरे पनि उसको रक्षापंक्ति भने हाल युरोपियन टप–५ लिगमै सबैभन्दा राम्रोमा पर्छ ।

ला लिगाका अनुसार रियल अहिले डिफेन्स लाइनका हिसाबले जुन अवस्थामा छ, त्यो लिगको इतिहासकै सबैभन्दा राम्रो हो । हालसम्म रियलले २२ खेल खेल्दा मात्रै १३ गोल खाएको छ, ला लिगाको यति लामो इतिहासमा रियलले २२ खेल खेल्दा सबैभन्दा कम गोल खाएको सिजन यही हो । २२ खेलमा रियलले कूल १२ खेलमा ‘क्लिन सिट राखेको छ ।

तथ्यांकअुनसार रियलले २२ खेलमध्ये मात्रै तीन खेलमा २–२ गोल खाफूले खाएको छ भने ७ खेलमा मात्रै १–१ गोल खाएको छ । यो सिजन रियलले विपक्षीको पोस्टमा कूल ४० गोल गरिसक्दा आफूले भने मात्रै १३ गोल खाएको छ ।

यता, बार्सिलोनाले २२ खेलमा १४ खेल जितेर ४ खेलमा हार र ४ खेलमा बराबरी गरेको छ । बािर्सलोनाले यो सिजन रियलको भन्दा तीन खेल बढी हारेको छ । सोक्रममा उसले विपक्षीको पोस्टमा ५२ गोल गर्दा आफूले भने २६ गोल खाएको छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार २१:३१
Loading...