लेवान्डोस्कीलाई आठौंपटक ‘फुटबलर अफ् द इयर’ अवार्ड

काठमाडौं, माघ २०
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले आफ्नो देश पोल्याल्डबाट आठौंपटक वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । उनलाई सोमबार भोटिङबाट ‘पोल्यान्ड्स फुटबलर अफ् द इयर’ घोषणा गरिएको हो । वर्ष २०१९ का लागि उनले यो अवार्ड जित्दा उनले कूल आठौंपटक यस अवार्डमा बाजी मारेका हुन् । यो अवार्ड ‘पिल्का नोज्ना’ पत्रिकाले प्रदान गर्छ ।

जारी सिजन उनले शानदार लयमा प्रदर्शन गरिरहेका छन् । उनले बार्यनका लागि बुन्डेसलिगामा २० खेलबाट २२ गोल गरेका छन् भने उनले बार्यनको जर्सीमा १५० बुन्डेसलिगा गोल पनि पूरा गरेका छन् । यता, वर्ष २०१९ मा उनले बार्यनका लागि कूल ४७ खेलबाट ४० गोल गरे भने पोल्यान्डका लागि १० खेलबाट ६ गोल गरेका थिए ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १२:४६
Loading...