सिरी ए : लुकाकु चम्किँदा इन्टर मिलानको सहज जित

काठमाडौं, माघ २०
फरवार्ड रोमेलु लुकाकुले २ गोल गरेपछि इटालियन लिग सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । गत राति भएको खेलमा मिलानले उडिनेसलाई उसकै घरमा ०–२ ले हरायो । मिलानको जितमा दुवै गोल लुकाकुले गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । तर, खेलको दोस्रो हाफमा मिलान हाबी भयो । खेलको ६४औं मिनेटमा लुकाकुले पहिलो गोल गरेर मिलानलाई ०–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७१औं मिनेटमा मिलानले पेनाल्टी पायो, जसमा लुकाकुले नै प्रहार गर्दै गोल गरे । र, खेल मिलानले ०–२ ले जित्यो ।

अब यो जितसँगै मिलानले २२ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमै चढेको छ । उसले लिग लिडर युभेन्टसमाथि दबाब कायम राखेको छ । युभेन्टसको खातामा ५४ अंक छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०९:१६
Loading...