बार्सिलोनालाई झट्का : महत्त्वपूर्ण समयमा भिडाल घाइते

एजेन्सी, माघ १९
घरेलु लिग ला लिगा, कोपा डेल रे कप र युरोपियन च्याम्पियन्स लिग महत्त्वपूर्ण चरणमा पुगेका बेला बार्सिलोनाका एक प्रमुख खेलाडी अर्टुरो भिडाल घाइते भएका छन् । चिलियन मिडफिल्डर प्रशिक्षणक्रममा घाइते भएको क्लबले पुष्टि गरेको छ । र, उनी आइतबार राति ला लिगामा हुने लेभान्टेविरुद्धको खेल्ने टोलीमै छैनन् ।

क्लबका अनुसार भिडालको देब्रे तीघ्राको माथिल्लो भागमा चोट परेको छ । उनी कहिलेबाट फिट हुन्छन् भन्ने कुरा उनको रिकभरी प्रक्रियामा भर पर्नेछ । नयाँ प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा टोलीमा राम्रो मौका पाइरहेका भिडाल घाइते भएपछि बार्सिलोनालाई समस्या बढ्नेछ । पछिल्लो समय उनी टोलीमा निर्णायक खेलाडीका रूपमा साबित हुँदै आएका छन् । भिडाल घाक्ष्ते भएपछि उनको स्थान टिम ‘बी’का युवा मिडफिल्डर रिकी पुइगले लिएका छन् ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १९:५४
Loading...