पहिलो हाफमा युभेन्टसलाई अग्रता : रोनाल्डोले हाने गोल

काठमाडौं, माघ १९
इटालियन सिरी ए लिग फुटबलमा अहिले लिगको २२औं खेलमा लिग लिडर युभेन्टस र फियोरेन्टिनाको खेल जारी छ । युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा जारी खेलको पहिलो हाफमा युभेन्टसले १–० को अग्रता लिएको छ । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत् गोल गरेका हुन् । फियोरेन्टिनाका खेलाडीले बक्समा ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरबाट युभेन्टसलाई पेनाल्टीको मौका दिएका थिए । जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे । उनले सिरी ए लिगमा कीर्तिमानी लगातार ९ खेलमा गोल गर्न सफल भएका हुन् ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १८:०२
Loading...