मड्रिड डर्बी : पहिलो हाफमा गोलरहित बराबरी, रियल दबाबमा !

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटलबमा अहिले सिजनको दोस्रो मड्रिड डर्बी भिडन्तमा रियल मड्रिड र एथ्लेटिको मड्रिडको खेल जारी छ । रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जारी खेलको पहिलो हाफ गोलरहित बरारबीमा सकिएको छ ।

रियल आफ्नो घरमा पाहुना टोली एथ्लेटिकोसँग पहिलो हाफमा चर्को दबाबमा देखिएको छ । बल बढी आफ्नो पक्षमा राखे पनि रियलले एथ्लेटिकोको पोस्टमा एउटा पनि अन टार्गेट प्रहार गर्न सकेन ।

तर, एथ्लेटिकोले रियलको पोस्टमा पाँच प्रहार गरे पछि दुई प्रहार टार्गेटमा राखेको थियो । एत्लेटिकोले पहिलो हाफमा तीनपटक गोलका अवसर बनाए पनि रियलले गोलका खास अवसर सिर्जना गर्न सकेन ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार २१:३२
Loading...