बार्सिलोनासँग मेस्सीको सम्झौता विषय ‘नयाँ मोड’मा !

एजेन्सी, माघ १७
स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले अवस्था हेरेर क्लबसँग सम्झौता लम्ब्याउने वा नलम्ब्याउने मनस्थिति बनाएको खबर बाहिरिएको छ । ‘मुन्डो डेपोर्टिभो’का अनुसार मेस्सी र क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच हरेक वर्ष सम्झौता नवीकरण गर्दा उचित हुने समझदारी बनेको छ ।

हाल बार्सिलोनासँग मेस्सीको सम्झौता सिजन २०२०–२१ को अन्त्यसँगै सकिँदैछ । तर, बार्टोमेउ भने मेस्सीलाई अझै क्लबमै राख्न चान्छन् । र, क्लब नयाँ सम्झौता गर्न प्रयासत छ ।

खबरअनुसार हरेक वर्ष सम्झौता गर्दा दुवै पक्षले आवश्यक कुरा परिमार्जन गर्न पाउने हुँदा मेस्सीको हकमा सोही विकल्प सही हुने बताइएको छ । रिपोर्टअनुसार मेस्सी आफ्नो बढ्दो उमेरप्रति गम्भीर रहेकाले हरेक वर्ष सम्झौता गर्दा उचित समयमा क्लब छाड्न पाउने सुविधा उनीसँग हुन्छ ।

त्यसैगरी, उमेर बढ्दै गएपछि क्लबलाई मेस्सीको तलब कटौती गरेर नयाँ सझौता गर्न सहज हुने कुरामा मेस्सी र क्लब दुवै राजी भएको उल्लेख छ । बढ्दो उमेर र खस्किँदो प्रदर्शनको अवस्था आए मेस्सी पनि क्लबलाई आर्थिक बोझ दिइराख्ने पक्षमा छैनन् । मेस्सी बार्सिलोनामा सबैभन्दा बढी तलब खाने खेलाडी हुन् ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १३:०८
Loading...