प्रिमियर लिगमा आज आठ खेल हुँदै : लिभरपुल र युनाइटेडको खेल आजै

काठमाडौं, माघ १८
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एकैदिन ८ खेल हुँदैछन् । आज हुने खेलमध्ये केही ठूला टोलीका खेल पनि हुनेछन् । आजका खेलमा लेस्टर सिटी भर्सेस चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेडका खेल महत्त्वपूर्ण हुनेछन् ।

यो सिजन हालसम्म पनि अपराजित रहेको लिभरपुल आज आफ्नो घरमा साउथह्यामपटनलाई स्वागत गर्दैछ भने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले उल्भसलाई आफ्नो घरमा आमन्त्रण गर्दैछ ।

त्यस्तै, आज हुने अर्को खेलमा लेस्टर सिटी र चेल्सीको खेल पनि रोमाञ्चक हुनेछ । यो खेल लेस्टरको घरमा हुनेछ ।

आजका खेल नेपाली समयमा

  1. लेस्टर सिटी भर्सेस चेल्सी – साँझ ६ः१५ बजे
  2. न्युक्यास्टल भर्सेस नर्विच सिटी – राति ८ः४५ बजे
  3. क्रिस्टल प्यालेस भर्सेस सेफिल्ड युनाइेड – राति ८ः४५ बजे
  4. वेस्ट ह्याम भर्सेस ब्राइटन – राति ८ः४५ बजे
  5. बोर्नेमाउथ भर्सेस एस्टोन भिल्ला – राति ८ः४५ बजे
  6. वाटफोर्ड भर्सेस एभर्टन – राति ८ः४५ बजे
  7. लिभरपुल भर्सेस साउथह्यामपटन – राति ८ः४५ बजे
  8. म्यानचेस्टर युनाइटेड भर्सेस उल्भ्स

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १२:४७
Loading...