जनवरी विन्डो : बार्सिलोनाले भित्र्यायो दोस्रो खेलाडी

काठमाडौं, माघ १८
स्पेनिस क्लब बार्सिलोनाले जनवरी विन्डोमा दोस्रो खेलाडी अनुबन्ध गरेको छ । क्लबले शुक्रबार ब्राजिलियन क्लब पाल्मेरियसका युवा मिडफिल्डर माथ्युस फर्नान्डेज अनुबन्ध गरेको घोषणा गरेको हो ।

२१ वर्षका ब्राजिलियन खेलाडी माथ्युस भित्र्याउन बार्सिलोनाले मात्रै ७ मिलियन युरो खर्चेको छ । बार्सिलोना र पाल्मेरियसबीच अहिले डिल फाइनल भए पनि खेलाडी भने आगामी जुलाई १ तारिखमा मात्रै बार्सिलोना पुग्नेछन् । जारी सिजन सकिएपछि उनी औपचारिक रूपमा बार्सिलोनाका खेलाडी हुनेछन् ।

म्याथ्युसले बार्सिलोनासँग आगामी पाँच सिजनका लागि सम्झौता गर्नेछन् । बार्सिलोनाले उनको रिलिज क्लज ३०० मिलियन युरो तोक्ने बताएको छ । २१ वर्षका म्याथ्युसले आफ्नो करिअर ब्राजिलकै क्लब बोटाफोगोबाट सुरुआत गरेका थिए । उनले सन् २०१६ मा सो क्लबको सिनियर टोलीमा डेब्यु गरेका थिए ।

हालसम्म उनले पाल्मेरियसका लागि ७६ खेल खेल्दै २ गोल गरेका छन् भने ४ गोलमा असिस्ट गेका छन् । बार्सिलोनाले टोलीमा युवा खेलाडी तयार पार्नुका साथै बिजनेस बढाउन पनि नयाँ खेलाडी किनिरहेको छ ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ११:३१
Loading...