युभेन्टसका मिडफिल्डर डर्टमुन्ड पुगे

एजेन्सी, माघ १८
इटालियन क्लब युभेन्टसका मिडफिल्डर इम्री च्यान जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका छन् । शुक्रबार डर्टमुन्डले जर्मन मिडफिल्डरलाई लोनमा अनुबन्ध गरेको घोषणा गरेको हो ।

युभेन्टसमा टोलीमा पर्याप्त समय नपाएपछि इम्री निराश हुँदै आएका थिए । प्रशिक्षक सार्रीले जारी सिजन इम्रीलाई च्याम्पियन्स लिग खेल्न टोलीमै नराखेपछि उनी रुष्ट बनेका थिए । घरेलु लिगमा पनि उनी पहिलो रोजाइमा नपर्दा निराश थिए ।

मैदानमा पर्याप्त समय पाउनका लागि पनि उनले युभेन्टस छाडेका हुन् । डर्टमुन्डमा उनी यो सिजनको अन्त्यसम्मका लागि रहनेछन् । युभेन्टसमा उनले च्याम्पियन्स लिग नखेलेकाले डर्टमुन्डमा उनले सो प्रतियोगिता खेल्न पाउनेछन् । डर्टमुन्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा छ । उसले पिएसजी प्रतिस्पर्धी पाएको छ ।

डर्टमुन्डमा इम्रीले २७ नम्बर जर्सी पाएका छन् । डर्टमुन्ड पुगेपछि उनले आफू आफ्नो देशको क्लबमा आउन पाउँदा खुसी लागेको बताए । इम्री यो सिजनको अन्त्यपछि युभेन्टस नै फर्किनेछन् ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १०:४१
Loading...