ला लिगामा आज सिजनको दोस्रो ‘मड्रिड डर्बी’ भिडन्त हुँदै

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज सिजनको दोस्रो मड्रिड डर्बी भिडन्त हुँछ । मड्रिड सहरका दुई ठूला टोली रियल मड्रिड र एथ्लेटिको मड्रिड सिजनको दोस्रो लेगको खेल खेल्न लागेका हुन् ।

यो खेलका लागि रियलले एथ्लेटिकोलाई आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि एथ्लेटिकोको घरमा भएको सिजनको पहिलो खेल ०–० मा सकिएको थियो । आज आफ्नो घरमा खेल्न लागेको रियलले भ्रणणकारी टोली एथ्लेटिमोमाथि स्पष्ट जित निकालेर अंक तालिकामा बार्सिलोनासँग थप अग्रता बढाउने दाउमा छ ।

केही समयअघि मात्रै रियलले एथ्लेटिकोलाई हराएर सुपर कपको उपाधि जितेको थियो । रियलले पेनाल्टी सुटआउटमा हराएर सिजनको पहिलो उपाधि जितेको थियो ।

आज घरेलु मैदानमा हुने यसका खेलका लागि रियलका प्रमुख खेलाडी इडेन हाजार्ड मैदान फर्किने बताइए पनि उनलाई प्रशिक्षक जिनेदिन जिदानले टोलीमा राखेका छैनन् । त्यस्तै, अर्का स्टार फरवार्ड ग्यारेथ बेल पनि टोलीमा छैनन् । उनी पनि घाइते छन् ।

रियलको टोलीमा ६ जना मिडफिल्डर समेटिएका छन् भने ४ जना फरवार्ड छन् । आज आफ्नो घरमा जिदानले ५ जना मिडफिल्डरका साथ फर्मेसन बनाउने सम्भावना छ । यस्तो फर्मेसनमा जिदानले यसअघि पनि खेलाइसकेका छन् ।

यता, एथ्लेटिको भने आज रियलको घरमा उत्रिँदा केही खेलाडी ऊसँग हुनेछैनन् । युवा फरवार्ड जुआओ फेक्लिस घाइते छन् भने डिएगो कोस्टा लामो समयदेखि चोटले टोलीबाहिर छन् ।

यदि रियलले आज आफ्नो घरमा स्पष्ट जित निकाल्न सके उसले एक खेल कम खेलेको बार्सिलोनालाई ६ अंकले पछि छाड्नेछ । हाल रियल २१ खेलपछि ४६ अंक बनाएर शीर्ष स्थानमा छ । बार्सिलोना ४३ अंकसहित दोस्रोमा छ । एथ्लेटिको ३६ अंकसहित पाँचौंमा छ ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०९:५५
Loading...