कोपा डेल रे : क्वार्टरफाइनलको ‘ड्र’ सार्वजनिक

काठमाडौं, माघ १७
स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम आठ (क्वार्टरफाइनल) को ड्र सार्वजनिक भएको छ । ड्र आज शुक्रबार ड्र स्पेनिस फुटबल संघको मड्रिडस्थित केन्द्रीय कार्यालयमा भएको हो ।

को–को छन् अन्तिम आठमा ?

ला लिगा टिम – एथ्लटिक बिल्बाओ, ग्रानाडा, रियल मड्रिड, रियल सोसिडाड, भ्यालेन्सिया, भिल्लारियल, बार्सिलोना

सेगुन्डा क्लब – मिरान्डेज

अन्तिम आठका खेल कहिले ?

क्वार्टरफाइनलका खेल फेब्रुअरीको ४, ५ र ६ तारिखमा हुनेछन् । त्यसपछि सेमिफाइनलका लागि भोलिपल्टै फेब्रुअरी ७ तारिखमा ड्र हुनेछ ।

यस्तो छ ड्र

रियल मड्रिड भर्सेस रियल सोसिडाड

एथ्लेटिक बिल्बाओ भर्सेस बार्सिलोना

ग्रानाडा भर्सेस भ्यालेन्सिाया

मिरान्डेज भर्सेस भिल्लारियल

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १८:३४
Loading...