तल्लो डिभिजनको क्लबद्वारा सेभिल्लाको धुलाइ : कोपाबाट आउट !

काठमाडौं, माघ १७
दोस्रो डिभिजनको क्लब मिरान्डेजसँग नमिठो हार भोग्दै सेभिल्ला स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै आउट भएको छ । गत राति भएको अन्तिम १६ को खेलमा दोस्रो डिजिनको क्लब मिरान्डेजले आफ्नो घरमा हाल ला लिागको तेस्रो स्थानमा रहेको सेभिल्लालाई ३–१ ले निराश बनायो ।

आफ्नो घरमा मिरान्डेजले पाहुना टोली सेभिल्लाविरुद्ध ८५औं मिनेटमा ३–१ को अग्रता बनाएको थियो । उसका लागि सातौं मिनेटमै माथ्युस अलास बार्रजोले पहिलो गोल गरे भने ३०औं मिनेटमा उनैले दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ८५औं मिनेटमा अल्भारो रेले गोल गरेर मिरान्डेजलाई प्रभावशाली जितर्फ अघि बढाएका थिए । तर, ९०औं मिनेटमा सेभिल्लाका नोलिटोले गोल गरेपछि खेल खेल मिरान्डेजले ३–१ ले जित्यो । यससँगै मिरान्डेज कोपाको अन्तिम आठमा प्रवेश गरेको छ भने सेभिल्ला उपाधि होडबाटै आउट भएको छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०८:५१
Loading...