बार्सिलोना भर्सेस लेगानेस : पहिलो हाफमा बार्सिलोना २–० ले अघि

काठमाडौं, माघ १७
स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको अन्तिम १६ मा अहिले बार्सिलोना र लेगानेसको खेल जारी छ । क्वार्टरफाइनल प्रवेशका लागि बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले २–० को सहज अग्रता लिएको छ ।

तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध खेलको सुरुआतबाट पकड जमाएर खेलेको बार्सिलोनाका लागि खेल सुरु भएको चौथो मिनेटमै एन्टोनी ग्रीजम्यानले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले नेल्सन सेमेडोको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको २७औं मिनेटमा डिफेन्डर क्लेमेट लेङलेटले हेडिङमार्फत् गोल गरेर अग्रता दोब्बर बनाए । उनले कप्तान मेस्सीले हानेको कर्नर बलमा गोल गरेका थिए ।

पहिलो हाफमा पोस्ट आक्रमण तुलनात्मक रूपमा बार्सिलोनाले बढी गरे पनि लेगानेसले पनि ८ प्रहार गरेको थियो । तर, उसका खेलाडी सहज अवसरमा पनि चुक्दा लेगानेसले गोल गर्न सकेन ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ००:३०
Loading...