हाजार्ड पूर्ण प्रशिक्षणमा फर्किए : ‘मड्रिड डर्बी’ खेल्न फिट

एजेन्सी, माघ १६
स्पेनिस रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्डले जारी सिजनको दोस्रो मड्रिड डर्बी खेल्ने पक्का भएको छ । लामो समय चोटसँग जुधेका उनले एथ्लेटिको मड्रिडसँगको खेलअघि टिमसँगै प्रशिक्षण पूरा गरेका छन्

शनिबार ला लिगामा २२औं साताको खेल खेल्न रियलले एथ्लेटिकोलाई आफ्नो घरमा भित्र्याउँदैछ । बेल्जियन स्टार हाजार्ड सो खेलमा टोलीमा उपलब्ध हुनेछन् ।

हावार्ड गत नोभेम्बर २६ तारिखमा च्याम्पियन्स लिगमा आफ्नो घरेलु मैदानमा फ्रेन्च क्लब पिएसजीविरुद्धको खेल दौरान घाइते भएका थिए । हाजार्ड ठीक दुई महिना ३ दिनपछि पूर्ण प्रशिक्षणा फर्किएका हुन् । हाजार्ड टोलीमा फर्किएसँगै रियललाई थप राहत मिलेको छ ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १९:३१
Loading...