एक–दुई हारले सेटिनलाई ‘नो प्रोब्लेम’ : लेगानेससँगको खेलअघि के–के भने ?

एजेन्सी, माघ १६
स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले आज राति आफ्नो घरेलु मैदानमा लिग प्रतिस्पर्धी टिम लेगानेससँग अन्तिम १६ को खेल खेल्दैछ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले एक–दुई हारबाट आफू नआत्तिने र आफूलाई कुनै समस्या नहुने बताएका छन् ।

केही दिनअघि ला लिगामा भ्यालेन्सिायसँग अवे मैदानमा २–० ले हारेको विषयमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै सेटिनले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोेमेउले आफूलाई टोली तयार पार्न समय दिएको र आफूलाई विश्वास गरेको बताए । सेटिनले एक–दुई हारकै कारण आफूलाई क्लबले प्रश्न गरिनहाल्ने स्पष्ट पारे ।

‘हालको प्रदर्शन र नतिजाबाट म खुसी छैन । तर, मैले यसलाई ठूलो चिन्ताको विषय ठानेको छैन । किनभने, क्लबका अध्यक्षले मलाई विश्वास देखाउनुभएको छ । र, उहाँले मलाई समय दिनुभएको छ,’ सेटिनले भने, ‘पछिल्लो हार खराब थियो । तर, त्यसका कारण मलाई क्लबल प्रश्न गर्नेछैन ।’

सेटिनले क्लबका अध्क्षले आफूलाई नआत्तिकन आफ्ना योजना र विवेक प्रयोग गरेर काम गर्न भनेको खुलाए । ‘उहाँले मलाई पर्याप्त समय लिएर आफ्नो योजनाअनुसार काम गर्न र टोलीलाई ठीक तरिकाले अघि बढाउन समय दिनुभएको छ । अहिले म आफ्नो कामलाई कसरी राम्रो बनाउने भनेर लागेको छु,’ सेटिनले भने, ‘टिमलाई सफल बनाउन र उपाधि जित्न म मेरा सबैखाले योजना र विवेक प्रयोग गर्नेछु ।’

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १५:४६
Loading...