रियल मड्रिडको जर्सीमा मार्सेलोको ५०० खेल

काठमाडौं, माघ १६
स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले क्लबका लागि ५००औं खेल पूरा गरेका छन् । गत राति कोपा डेल रे फुटबलको अन्तिम १६ मा रियल जारागोजाविरुद्ध खेल्दै मार्सेलोले स्पेनिस क्लबका लागि ५०० क्याप पूरा गरेका हुन् ।

अवे मैदानमा रियलले ०–४ को जित निकालेर कोपाको अन्तिम आठमा पुग्दा मार्सेलो सुरुआती टोलीबाटै खेलेका थिए । सन् २००६ मा रियल मड्रिडमा अनुबन्ध भएका मार्सेलोले लगातार १४ वर्षयता रियलबाटै खेलिरहेका छन् ।

रियलको सेतो जर्सीमा १४ वर्ष बिताउनेक्रममा मार्सेलोले कूल ५०० खेल पूरा गर्दा ३६ गोल गरेका छन् । उनले सबैखाले प्रतियोगिताबाट गरी ५०० खेल पूरा गरेका हुन् । ५०० खेल पूरा भएको अवसरमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मार्सेलाई ५०० नम्बर अंकत जर्सी प्रदान गरेका थिए ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १०:०२
Loading...