वेस्ट ह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको उपाधि नजिक

काठमाडौं, माघ १६
गत सिजन उपाधि होडमा १ अंकले पछि परेको लिभरपुल यो सिजन थुप्रै खेल बाँकी छँदै प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । यसअघि स्थगित भएको खेलमा गत राति वेस्ट ह्यामलाई ०–२ ले हराउँदै लिभरपुल उपाधितर्फ अघि बढेको हो ।

यो जितसँगै लिभरपुलले खातामा कूल ७० अंक जोडेको छ, जुन समान खेलपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा स्पष्ट १९ अंकले बढी हो । अब लिभरपुललाई लिग जित्न केही खेलको जित मात्रै आवश्यक छ ।

यदि अबका दिनमा सिटीले कुनै खेल हारे वा बराबरी गरे र लिभरपुलले आफ्ना सबै खेल जित्दै गए उसले झन् चाँडो लिग जित्नेछ ।

गत राति वेस्ट ह्यामको घरमा लिभरपुललाई जिताउनेक्रममा खेलको ३५औं मिनेटमा मोहमद सालाहले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए । त्यसपछि ५२औं मिनेटमा एलेक्स ओक्सलाडे च्याम्बिर्लिनले गोल गरेपछि खेल लिभरपुलले ०–२ ले जित्यो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०८:३४
Loading...