इन्टर मिलान कोपाको सेमिफाइनल प्रवेश : फाइनल पुग्न नापोलीसँग भिड्ने

काठमाडौं, माघ १६
इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा मिलानले आफ्नो घरमा पाहुना टोली फियोरेन्टिनालाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

यससँगै मिलानले सेमिमा नापोलीसँगको भेट पक्का गरेको छ । यससअघि नापोली लाजियोलाई १–० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ । अर्को सेमिफाइनल खेलमा युभेन्टस र एसी मिलानको भिडन्त हुनेछ ।

गत राति घरेलु मैदानमा मिलानलाई जिताउनेक्रमम खेलको ४४औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोल गरेका थिए । तर, खेलको ६०औं मिनेटमा फियोरेन्टिनाका मार्टिन कासेरेसले गोल गरेपछि खेल १–१ मा आयो ।

त्यसपछि गोल खाएको ७ मिनेटमै मिलानका लागि निकोलो बारेल्लाले मिलानका लागि विजयी गोल हानेपछि खेल मिलानले २–१ ले जित्यो ।

अब सेमिफाइनलका खेल फेब्रुअरी १२ तारिखमा हुनेछन् । पहिलो खेल एसी मिलान र युभेन्टसबीच हुँदा दोस्रो खेलमा नापोली र मिलान भिड्नेछन् । दोस्रो लेगका खेल मार्च ४ तारिखमा हुनेछन् ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०८:०८
Loading...