शानदार जितसहित रियल मड्रिड कोपाको क्वार्टरफाइनलमा

काठमाडौं मंसिर १६
स्पेनिस क्लब रियल मड्रिड नकआउट कोपा डेल रे फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा तल्लो श्रेणीको क्लब रियल जारागोजालाई ०–४ को फराकिलो अन्तरले हराउँदै रियल क्वार्टरमा पुगेको हो ।

जारागोजाको घरमा रियललाई जिताउनेक्रममा ४ जना फरक–फरक खेलाडीले गोल गरे । पहिलो हाफमा राफाएल भाराने र लुकास भासक्ेजले १–१ गोल गरे । रियलका लागि खेलको छैटौं मिनेटमै भारानले टोनी क्रुसको क्रस पासमा सुन्दर गोल गरेका थिए ।

त्यसपछि खेलको ३२औं मिनेटमा रियलका लागि भासक्वेजले दोस्रो गोल गरे । सो गोलमा पनि क्रुसले नै असिस्ट गरेका थिए । सो गोलपछि रियलले पहिलो हाफमा ०–२ को अग्रता बनायो ।

दोस्रो हाफमा पनि रियलले २ गोल थप्यो । खेलको ७२औं मिनेटमा भिनिसियस जुनियरले हामेस रोड्रिग्वेजको पासमा शानदार गोल गरेर अग्रता ०–३ बनाए । त्यसपछि ७९औं मिनेटमा सब्सिच्युट खेलाडी करिम बेन्जेमाले ड्यानी कार्भाहालको पासमा गोल गरेपछि खेल रियलले ०–४ ले जित्यो ।

अन्य खेलको नतिजा

रायो भालेकानो ० – २ भिल्लारियल

कल्चरल लियोनेसा २ – ४ भ्यालेन्सिया (पेनाल्टी)

रियल सोसिडाड ३–१ ओसासुना

बाडाजोज २–३ ग्रानाडा

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०३:३४
Loading...