भ्यालेन्सिया कोपाको अन्तिम आठमा प्रवेश

काठमाडौं मंसिर १६
स्पेनिस क्लब भ्यालेन्सिया कोपा डेल रे फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा तेस्रो श्रेणीको टिम कल्चरल लियोनेसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै भ्यालेन्सिया क्वार्टरफाइनल प्रवेश गरेको हो ।

भ्यालेन्सियाका गोलकिपरले लगातार दुई पेनाल्टी बचाएपछि भ्यालेन्सिया सहज अवस्थामा जित निकाल्दै अर्को चरण पुग्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समय पनि ०–० मा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०२:३९
Loading...