तेस्रो डिभिजनको टिमलाई हराउँदै पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा

काठमाडौं, माघ १६
स्टार खेलाडी नेइमार र केलियन एमबाप्पेबिनै मैदान उत्रिएको पिएसजी तेस्रो डिभिजनको क्लबमाथि सहज जितसहित फ्रेन्च कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा पिएसजीले तेस्रो डिभिजनको क्लब पाउलाई उसकै घरमा ०–२ ले हरायो ।

अवे मैदानमा पिएसजीलाई जिताउनेक्रममा खेलको २५औं मिनेटमा लियानार्दो पारेडेशले पहिलो गोल गरेका थिए । उनकै गोलको मदतमा पिएसजीले पहिलो हाफमा घरेलु टोलीविरुद्ध ०–१ को अग्रता बनायो ।

त्यसपछि पिएसजीका लागि दोस्रो हाफमा पनि पाब्लो सराबियाले १ गोेल थपे । उनले खेलको ५३औं मिनेटमा बक्सभित्रबाट क्रस पसामा सहजै गोल गरेका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल पिएसजीले ०–२ ले जित्यो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०१:०४
Loading...