युनाइटेडद्वारा ‘प्ले मेकर’ बुर्नो अनुबन्धको घोषणा

एजेन्सी, माघ १५
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले लामो रस्साकस्सीबीच पोर्चुगलका युवा मिडफिल्डर बुर्नो फर्नान्डेज अनुबन्धको औपचारिक घोषणा गरेको छ । बुधबार युनाइटेडले स्पोर्टिङ क्लबका प्रमुख खेलाडीलाई ओल्ड ट्राफोर्ड उतार्ने घोषणा गरेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार २५ वर्षका युवा खेलाडीलाई युनाइटेडले ५५ मिलियन युरो सरुवा फी तिर्ने समझदारी बनेको छ ।

युनाइटेडले बुर्नोलाई गत सिजनबाटै भित्र्यायउन प्रयास गरिरहेको थियो । तर, यसपटक बल्ल सो योजना पूरा भएको हो । बुर्नो डिफेन्सिभ मिडफिल्डमा निकै प्रभावशाली खेलाडी मानिन्छन् । अट्याकिङ मिडफिल्डमा त उनी युरोपकै उत्कृष्ट खेलाडीमध्येमा पर्छन् ।

जारी सिजन उनले स्पोर्टिङका लागि २६ खेलबाट १५ गोल गर्दै ७ गोलमा असिस्ट पूरा गरेका छन् । उनले युरोपा लिगमा मात्रै यो सिजन ५ गोल गरेका छन् । एक मिडफिल्डरको यो तथ्यांक कुनै फरवार्डको भन्दा कम छैन । युनाइटेडले बुर्नोलाई क्लबको जर्सीमा सार्वजनिक गर्ने कार्यक्रम भने घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार २२:२१
Loading...