लामो रस्साकस्सीपछि ‘प्ले मेकर’ बुर्नो युनाइटेड जाने पक्का

एजेन्सी, माघ १५
लामो रस्साकस्सीबीच पोर्चुगलका युवा मिडफिल्डर बुर्नो फर्नान्डेज इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने करिब पक्का भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार २५ वर्षका युवा खेलाडीलाई युनाइटेडले पोर्चुगलको क्लब स्पोर्टिङबाट अनुबन्ध गर्ने निश्चितप्रायः भएको हो ।

युनाइटेडले बुर्नोलाई गत सिजनबाटै भित्र्यायउन प्रयास गरिरहेको थियो । तर, यसपटक बल्ल सो योजना पूरा हुने भएको हो । बुर्नोका लागि युनाइटेडले ५५ मिलियन युरो सरुवा फी तिर्ने सहमति बनेको खबर छ ।

बुर्नो डिफेन्सिभ मिडफिल्डमा निकै प्रभावशाली खेलाडी मानिन्छन् । अट्याकिङ मिडफिल्डमा त उनी युरोपकै उत्कृष्ट खेलाडीमधयेमा पर्छन् । जारी सिजन उनले स्पोर्टिङका लागि २६ खेलबाट १५ गोल गर्दै ७ गोलमा असिस्ट पूरा गरेका छन् । उनले युरोपा लिगमा मात्रै यो सिजन ५ गोल गरेका छन् । एक मिडफिल्डरको यो तथ्यांक कुनै फरवार्डको भन्दा कम छैन ।

यो समाचार बनाउँदासम्म हालसम्म युनाइटेडले बुर्नो अनुबन्धको अफिसियल घोषणा गरिसकेको छैन । तर, २४ घन्टाभित्र दुवै क्लबले सो घोषणा गर्ने तयारी रहेको खबर छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार २१:५०
Loading...