काराबाओ कपको फाइनल पुग्न आज सिटी र युनाइटेड निर्णायक भिडन्त गर्दै

काठमाडौं, माघ १५
इंग्लिस काराबाओ कप फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । प्रतियोगिताको फाइनल पुग्न प्रिमियर लिगका दुई बलिया टोली म्याचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच ‘म्यानचेस्टर डर्बी’ भिडन्त हुँदैछ । आज हुने खेल दोस्रो सेमिफाइनलको दोस्रो लेगको खेल हो ।

यसअघि एस्टोन भिल्ला लेस्टर सिटीलाई एग्रीगेटमा ३–२ ले हराएर फाइनल पुगिसकेको छ । आज राति हुने डर्बी भिडन्तको विजेताले फाइनलमा उपाधिका लागि भिल्लासँगको भेट पक्का गर्नेछ ।

यसअघि म्यानचेस्टर युनाइटेडको घरमा खेलमा सिटीले ३–१ को जित निकालेको छ । आज आफ्नो घरमा खेल्दा सिटीलाई सामान्य जित भए पुग्छ भने युनाइटेडलाई भने नतिजा उल्टाएर गोलअन्तरमा जित निकाल्नुपर्ने हुन्छ । हालको ताजा अवस्थामा सिटी ३–१ ले अघि रहेकाले उसको फाइनल यात्रा करिब–करिब पक्का छ, यदि युनाइटेडले अप्रत्यासित नतिजा ननिकाले ।

खेल म्यानचेस्टर सिटीको घरेलु रंगशाला सिटी अफ् म्यानचेस्टर स्टेडियममा नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १४:०७
Loading...