कोपा डेल रे अन्तिम १६ मा आज पाँच खेल हुँदै : को–को भिड्दैछन् ?

काठमाडौं, माघ १५
स्पेनिस कोपा डेल रे क्लब नकआउट फुटबलमा आज अन्तिम १६ अन्तर्गत एकै दिन पाँच खेल हुँदैछन् । आज हुने हुने खेलमध्ये ला लिगा लिडर टिम रियल मड्रिडको खेल पनि हुनेछ । गत राति एक खेल सकिइसकेको छ ।

आज हुने खेलमा रियलसँगै भिल्लारियल, भ्यालेन्सिया रियल सोसिडाड र ग्रानाडाका खेल महत्त्वपूर्ण हुनेछन् । कल्चरल लियोनेसाले अन्तिम ३२ मा एथ्लेटिको मड्रिडलाई हराएर अन्तिम १६ मा पुगेकाले आज भ्यालेन्सियासँग हुने उसको खेल पनि केन्द्रमा हुनेछ ।

आजका खेल नेपाली समयमा :

  1. रायो भालेकानो भर्सेस भिल्लारियल – राति ११ः४५ बजे
  2. कल्चरल लियोनेसा भर्सेस भ्यालेन्सिया – राति ११ः४५ बजे
  3. जारागोजा भर्सेस रियल मड्रिड – राति १ः४५ बजे
  4. रियल सोसिडाड भर्सेस ओसासुना – राति १ः४५ बजे
  5. बाडाजोज भर्सेस ग्रानाडा – राति १ः४५ बजे

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १२:४१
Loading...