डिल फाइनल : टोटनह्यामका एरिक्सन इन्टर मिलानमा अनुबन्ध

एजेन्सी, माघ १४
इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामबाट डेनिस खेलाडी क्रिस्टिएन एरिक्सन अनुबन्ध गरेको छ । आज क्लबले औपचारिक रूपमा २७ वर्षीय प्ले मेकर मिडफिल्डर खेलाडीलाई भित्र्याएको घोषणा गरेको हो ।

प्रशिक्षक एन्टोनियो कोन्टेको योजनामा मिलानले टोटनह्यामका प्रमुख खेलाडी भित्र्याएको हो । यसअघि मिलानले म्यानचेस्टर युनाइटेडबाट अस्ले योङ भित्र्याइसकेको छ भने त्यसअघि युनाइटेडबाटै एलेक्सिस सान्चेज र रोमेलु लुकाकु पनि भित्र्याको थियो ।

एरिक्सको सोमबारै मिलानमा मेडिकल जाँच भएको थियो । मेडिकल पास भएपछि क्लले अफिसियल घोषणा गरेको हो । एरिक्सनका लागि मिलानले १७.५ मिलियन पाउन्ड मात्रै सरुवा फी तिरेको बताइएको छ । मिलानले एरिक्सनसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको छ । एरिक्सनलाई मिलानले बुधबार सार्वजनिक गर्ने सम्भावना छ ।

एरिक्सनले टोटनह्यमा साढे ६ वर्ष बिताए । सोक्रममा उनले कूल ३ सय ५ खेल खेल्दै ६९ गोल गरे भने ८९ असिस्ट गरे । उनी सन् २०१३ मा डच क्लब आयाक्सबाट टोटनह्याम अनुबन्ध भएका थिए । उनको अनुबन्धपछि मिलान थप बलियो बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १९:१७
Loading...