कोपा डेल रे : आजबाट अन्तिम १६ का खेल सुरु हुँदै

काठमाडौं, माघ १४
स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आजबाट अन्तिम १६ का खेल हुँदैछन् । केही दिनअघि सार्वजनिक ड्र अनुसार आज रातिबाटै प्रि–क्वार्टरफाइनलका खेल हुन लागेका हुन ।

आज पहिलो दिन एक खेल मात्रै हुनेछ । आज हुने पहिलो खेलमा तल्लो श्रेणीको टिम टेनेरिफ र ला लिगा टोली एथ्लेटिको बिल्बाओको खेल हुनेछ । यो खेल टेनेरिफको घरेलु मैदानमा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यसपटक प्रतियोगिताको ढाँचा परिवर्तन भएकाले सेमिफाइनलबाहेक सबै चरणमा एक खेल मात्रै हुनेछ । यसअघि भने कोपामा अन्तिम ३२ बाटै होम एन्ड अवे गरी दुई खेल खेलाइँथ्यो । तर, यसपटक ढाँचा परिवर्तन गरेर सेमिमा मात्रै दुई लेग खेलाइनेछ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०९:५०
Loading...