बास्केटबलका लिजेन्ड कोबेको हेलिकप्टर दुर्घटनामा पेरर निधन

काठमाडौं, माघ १३
लिजेन्ड अमेरिकन बास्केटलब खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ । ४१ वर्षीय कोबे सवार हेलिकप्टर दुर्घटनामा परेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार हेलिकप्टमा कोबेहसहित सवार ९ जना सबैको ज्यान गएको छ ।

हेलिकप्टरमा कोबेकी १३ वर्षीया छोरीसमेत सवार थिइन् । हेलिकप्टर आइतबार बिहान दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

कोबेले आफ्नो २० वर्षे करिअर दौरान असंख्या उपाधि जितेका छन् भने थुप्रै कीर्तिमान पनि बनाएका छन् । उनले नेश्नल बास्केटबल एसोसियसनका तर्फबाट कूल पाँचपटक च्याम्पियन बनेका थिए ।

कोबेले सन् २०१६ मा माउनी एनबिएको सर्वाधिक तेस्रो स्कोरकर्ता बनेपछि उनले खेल जीवनबाट सन्यास लिएका थिए । उनले आफ्नो करिअर दौरान सन् २०८ देखि २०१२ को बीचमा ओलम्पिकमा देशलाई दुई स्वर्णसमेत जिताएका थिए ।

उनको निधनको खबरले विश्व खेल जगत स्तब्ध बनेको छ । विभिन्न खेलकर्मी तथा व्यक्तिहरूले कोबेको निधनमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०९:३८
Loading...