तेस्रो डिभिजनको क्लबले लिभरपुललाई बराबरीमा रोक्यो

काठमाडौं, माघ १३
इंग्लिस एफए कप फुटबलमा प्रिमियर लिग लिडर टोली लिभरपुललाई तेस्रो डिभिजनको क्लब श्रेजबरीले नाटकीय रूपमा बराबरीमा रोेकेको छ । गत राति भएको चौथो चरणको खेलमा घरेलु श्रेजबरीले अन्तिम १० मिनेटको बीचमा ०–२ को खेल उल्टाएर २–२ मा टुंगाएको हो ।

यससँगै जोर्गेन क्लोपको टिमले पाँचौं चरण जान पुनः रिप्ले खेल खेल्नुपर्ने भएको छ । तल्लो श्रेणीको टिमविरुद्ध क्लोपले पहिलो र दोस्रो रोजाइका मिश्रित खेलाडी खेलाएका थिए ।

खेलमा लिभरपुलले १५औं मिनेटमै युवा खोडी कुर्टिस जोनेसले शानदार गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको सुरुआतमै लिभरपुलले उपहार गोल पायो । श्रेजबरीका डोनाल्ड लभले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा लिभरपुलले ०–२ को स्पष्ट अग्रता बनायो ।

तर, खेलको ६५औं मिनेटमा श्रेजबरीले पेनाल्टी पायो । जासोन कुमिङ्सले पेनाल्टीमा गोल गर्दै खेल १–२ बनाए । त्यसपछि ७५औं मिनेटमा उनैले अर्को गोल गरेपछि खेल २–२ मा टुंगियो ।

बराबरीमा सकिएका खेललाई प्लिे खेलाइनेछ । रिप्लेका सबै खेल फेब्रुअरी ५ तारिखका दिने हुनेछन् । चौथो चरणको अन्तिम एक खेल बाँकी छँदा ६ टोलीले रिप्ले खेल्ने पक्क भएको छ । टोटनह्यामले पनि रिप्ले खेल्नेछ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०८:५९
Loading...