बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, मंसिर १३
रियल मड्रिड स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको शीर्ष स्थानमा चढेको छ । सोमबार बिहान भएको लिगको २१औं खेलमा अवे मैदानमा भाल्लाडोलिडमाथि ०–१ को संघर्षपूर्ण जित निकाल्दै रियल लिगको शीर्ष स्थानमा चढेको छ ।

अघिल्लो दिन बार्सिलोना आफ्नो खेलमा भ्यालेन्सियासँग पराजित भएपछि रियलले आफ्नो खेल जितेर बार्सिलोनालाई स्पष्ट ३ अंकले पछि पार्दै पहिलो स्थान लिएको हो । भाल्लाडोलिडविरुद्ध रियलको जितमा १ मात्रै विजयी गोल खेलको ७८औं मिनेटमा नाचोले गरे ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०३:३७
Loading...