सिरी ए : घरेलु मैदानमा नापोलीले युभेन्टसलाई हरायो

काठमाडौं, माघ १३
सिरी ए उपाधि होडमा ६ अंकको अग्रता लिने दाउमा रहेको युभेन्टसलाई नापोलीले स्तब्ध बनाएको छ । सोमबार बिहान आफ्नो घरमा भएको खेलमा नापोलीले पाहुना टोली युभेन्टसलाई २–१ ले हरायो ।

नापोलीका लागि खेलको ६३औं मिनेटमा पिट्रोले पहिलो गोल गर्दा ८६औं मिनमा लोरेन्जो इन्साइनले दोस्रो गोल गरे । यता, युभेन्टसका लागि ढिला गरी क्रिस्टियानो रोनाल्डोले ९०औं मिनेटमा गोल गरे पनि टिमको हार भने टरेन ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०३:२९
Loading...